अख्तियार प्रमुख पोखरा आएकै दिन घुस रकमसहित मालपोत कार्यालयबाट दुई जना पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ आश्विन २४, बुधबार) ०७:०८

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले  जिल्ला मालपोत कार्यालय कास्कीका एक अधिकृतसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की मालपोतका अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मा रहेका छन् l उनीहरुलाई  अख्तियारको टोलीले मंगलबार पौने ५ बजे मालपोत कार्यालयबाटै पक्राउ गरेको हो ।

जग्गा धितोबन्धक राख्न आएका सेवाग्राहीसँग उनीहरुले घूस लिएका थिए । छिटो काम गर्ने भन्दै ती कर्मचारीले सेवाग्राहीसँग घूस लिएको अख्तियार स्रोतले जनाएको छ ।

बैंकमा जग्गा धितो राख्न ढिला हुँदा ऋणदर बढ्ने भन्दै हतारिएका सेवाग्राहीको समस्या देखेर अत्तो थाप्दै कर्मचारीले घूस लिएका हुन् । ती कर्मचारीलाई अख्तियारले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे मंगलबार पोखरा आइपुगेको बेला पोखरा कार्यालयले घूससहित मालपोत कर्मचारी समातेको संयोग जुरेको छ । पोखरा मासबारमा बन्न लागेको अख्तियारको प्रादेशिक कार्यालय भवनको बुधबार प्रमुख आयुक्तले शिलान्यास गर्दैछन् ।

तिनै अख्तियार प्रमुख घिमिरेले भ्रष्ट कर्मचारीलाई कारबाही गर्दा मालपोत र नापी कार्यालय खाली हुने बताएका थिए । अख्तियार प्रमुख घिमिरेको त्यही भनाईको खण्डन गर्दै भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्या अर्यालले कार्यालय खाली भए नयाँ पदपुर्ति गर्ने चेतावनी दिएकी थिईन् । संयोग नै मान्नुपर्छ अख्तियार प्रमुख र मन्त्रीको दोहोरि चलेकै दिन कास्की मालपोतबाट कर्मचारी घुससहित पक्राउ परेका छन् ।


(२०७५ आश्विन २४, बुधबार) ०७:०८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारतीय बालक अपहरण गरी फिरौती बुझ्ने फोरमका नेता पक्राउ

भारतीय बालकलाई अपहरण गरी नेपाल ल्याएर फिर्रौती लिन जाने संघिय समाजवादी फोरमका नेतालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापाको हिरासतमा रहेका अभियुक्त झापा गौरिगञ्जका ४७ वर्षीय बद्री यादव.....

नेकपाको सेती महाकाली ब्युरोकाे संयुक्त बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको सेती महाकाली ब्युरोकाे संयुक्त बैठक यहि मंसिर २६ गते पार्टीका पाेलिट ब्युरो सदस्य कमरेड अाेम प्रकाश पुनको उपस्थितिमा सम्पन्न भएको छ । बैठकले मंसिर अाठकाे.....

दुई-तिहाइको कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था : कारण यस्तो छ

दुई-तिहाई बहुमत पाएको नेपालको वर्तमान कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था आएको छ । सन् १९५० मा नेपाल-भारत बीच भएको असमान सन्धि खारेज गर्ने कि नगर्ने भन्ने.....

Exchange Rate

Nepali Patro