नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन

संबाददाता : आस्था नेपाली     प्रकाशित मिति: (२०७५ आश्विन २३, मंगलवार) १४:२१

काठमाडौं– नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटी दुर्घटनामा परेर निधन भएको छ ।

आज बिहान ललितपुरको टिकाथलीस्थित आफ्नै घरअगाडि रुखले किचेर सख्त घाइते भएको उनको उपचारका क्रममा ललितपुरस्थित बिएण्डबी अस्तालमा निधन भएको हो ।

घाइते भएलगत्तै अध्यक्ष बोगटीलाई ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार लगिएको थियो । अस्पताल पुर्याएलगत्तै अस्पतलालले उनको निधनको पुष्टि गरेको हो । उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

चलचित्र छायाँकनका लागि बोगटी स्टुडियो निर्माण गरेका बोगटी साना पर्दा तथा ठूला पर्दाका राम्रा कलाकार मानिन्थे । बोगटी स्वाभिमान र माया गर ल चलचित्रका निर्माता हुन् । उनले दर्जन बढी चलचित्र तथा टेलिश्रृंखलामा अभिनय गरेका छन् ।

उनले केही चलचित्र पनि निर्माण गरेका थिए । हाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका उनले आफनै निजी लगानीमा कलाकार संघको भवन निर्माणको मुद्दा उठाएर चौधौं महाधिवशेनबाट संघको नेतृत्वमा पुगेका थिए ।


(२०७५ आश्विन २३, मंगलवार) १४:२१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारतीय बालक अपहरण गरी फिरौती बुझ्ने फोरमका नेता पक्राउ

भारतीय बालकलाई अपहरण गरी नेपाल ल्याएर फिर्रौती लिन जाने संघिय समाजवादी फोरमका नेतालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापाको हिरासतमा रहेका अभियुक्त झापा गौरिगञ्जका ४७ वर्षीय बद्री यादव.....

नेकपाको सेती महाकाली ब्युरोकाे संयुक्त बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको सेती महाकाली ब्युरोकाे संयुक्त बैठक यहि मंसिर २६ गते पार्टीका पाेलिट ब्युरो सदस्य कमरेड अाेम प्रकाश पुनको उपस्थितिमा सम्पन्न भएको छ । बैठकले मंसिर अाठकाे.....

दुई-तिहाइको कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था : कारण यस्तो छ

दुई-तिहाई बहुमत पाएको नेपालको वर्तमान कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था आएको छ । सन् १९५० मा नेपाल-भारत बीच भएको असमान सन्धि खारेज गर्ने कि नगर्ने भन्ने.....

Exchange Rate

Nepali Patro