ब्राजिलको राष्ट्रपतीय चुनावः पहिलो चरणमा उग्र दक्षिणपन्थी उम्मेदवार विजयी

संबाददाता : आस्था नेपाली     प्रकाशित मिति: (२०७५ आश्विन २२, सोमबार) ०९:३९

काठमाडौं । ब्राजिलको राष्ट्रपतिका लागि भएको पहिलो चरणको निर्वाचनमा उग्र दक्षिणपन्थी (फार–राइट) उम्मेदवार जैर बोल्सोनारु विजयी भएका छन् ।

वामपन्थी वर्कर्स पार्टीका उम्मेदवार फर्नान्डो ह्याडेगलाई पछि पार्दै बोल्सोनारु विजयी भएका हुन् । तर निर्वाचनका लागि आवश्यक ५० प्रतिशत मत ल्याउन भने बाल्सोनारु चुकेका छन् ।

पहिलो चरणमा भएको निर्वाचनको लगभग सबै मत गणना भइसक्दा बोल्सोनारुले ४६ प्रतिशत मत हासिल गरेका छन् भने उनका प्रष्तिपर्धी फर्नान्डो २९ प्रतिशतमा सीमित भएको बीबीसीले जनाएको छ ।

आवश्यक ५० प्रतिशत मत हासिल गर्न दुवै उम्मेदवार असफल भएपछि ब्राजिलमा अब अक्टुबर २८ मा दोस्रो चरणको निर्वाचन तय भएको छ ।


(२०७५ आश्विन २२, सोमबार) ०९:३९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

मन्त्रीको निर्देशनमा गिरफ्तार नेकपाका दुई नेतालाई जनताले प्रहरी नियन्त्रणबाट खोसे

मन्त्री वर्षमान पुनको निर्देशनमा प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका दुई नेतालाई स्थानीय जनता र कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले प्रहरी.....

ओली-प्रचण्डको प्रतिवेदनविरुद्ध बामदेवको ‘फरक मत’ : पार्टी एकताको महत्वको आत्मसाथ गर्न आहृवान

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा नेता बामदेव गौतमले लिखित ‘फरक मत’ राखेका छन् । स्थायी कमिटीको बैठकमा सचिवालय सदस्य गौतमले लिखित रुपमा आफ्नो.....

कांग्रेस सभापतिको घरमा पढ्न बसेकी बालिकाको वलात्कारपछि हत्या !

नेपाली काँग्रेस बेलकानगर नगर सभापति शील सेडाईको घरमा पढ्न बसेकी १४ वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । सभापति सेडाईको घरमा पढ्न बसेकी बेलका नगरपालिका–४ की राधिका.....

Exchange Rate

Nepali Patro