पोखराकी वृन्दा गिरीको अमेरिकामा गोली हानि हत्या

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ आश्विन ६, शनिबार) ०८:४०

पोखरा घर भएकी ४२ वर्षीय वृन्दा गिरीको अमेरिकाको मेरील्यान्डमा गोली प्रहार गरी हत्या गरिएको छ l पांच महिना अघि अमेरिका पुगेकी गिरी तीन हप्ता अघि मात्र बाल्टिमोरभन्दा ३५ माइल उत्तर पूर्व एबरडिनमा रहेको राईट एड कम्पनीको औषधि वितरण केन्द्रमा काम गर्दै आएकी थिइन l

उनी कार्यरत केन्द्रभित्र कार्यरत एक महिलाले गोली चलाउँदा उनीसहित तीन जनाको मृत्यु भएको थियो l

उनका १४ बर्षकी छोरी र ११ बर्ष को छोरा रहेको बुझीएको छ । साथै परिवार स्रोतले जानकारी दिए अनुसार यही सेप्टेम्वर २३,२०१८ आइतवार मृतक गिरीको अन्तिम दाहस्सकांर गर्ने कार्यक्रम भएको बुझिएकोले सबै शुभचिन्तकहरुलाई उपस्थित भै परिवारजन प्रती सहानुभुती प्रदान गरिदिनुहुन पनी अनुरोध गर्दछौ ।


(२०७५ आश्विन ६, शनिबार) ०८:४० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

काभ्रेबाट ने.क.पा.का को को नेता पक्राउ परे ? (हेर्नुस नामावली )

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकार्ताहरु खोजी गर्न काभ्रे पुगेको प्रहरीटोलीले चारजना ने.क.पा.काकार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा झापाका शिव.....

प्रहरी प्रशासन, केही जनप्रतिनिधि, जग्गा ब्यबसायी र वन कार्यालयको मिलेमतोमा लेखनाथमा ३ सयवटा सालको रुख गायव

केही जनप्रतिनिधि, जग्गा ब्यबसायी, गुण्डा र वन कार्यालयको मिलेमतोमा पोखरा महानगरपालिका वार्ड नं. ३० लेखनाथ खुदी स्थित सुके डाँडाको करिव ३ सय वटा सालका रुख रहस्यमय ढंगले गायव पारिएका छन् ।.....

काभ्रेमा ‘अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लगार्ने’ ने.क.पा.को उद्घोष

आपराधिक कृयाकलाप गरेको भन्दै सरकारले प्रतिवन्ध लगाएको बिप्लव नेपाल कम्युनिष्ट पार्टीले काभ्रे जिल्लामा रहेका अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई लाठी लिएर लगार्ने’ उद्घोष.....

Exchange Rate

Nepali Patro