वास्तविक नामका बारे बलिउड अभिनेत्री सन्नी लियोन फेरि विवादमा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ श्रावण १६, बुधबार) १२:०७

मुम्बई : पूर्वपोर्नस्टार र हाल बलिउड अभिनेत्री सन्नी लियोन फेरि विवादमा तानिएकी छन् । यसपटक उनको वास्तविक नामलाई लिएर उनी विवादमा आएकी हुन् । सन्नीको बायोपिक फिल्म ‘करनजित कौर ः द अनटोल्ड स्टोरी’लाई लिएर उनी विवादमा तानिएकी हुन् ।

करनजित कौर सन्नी लियोनको वास्तविक नाम हो । यस फिल्ममा सन्नीको बाल्यकालदेखि पोर्न स्टार र बलिउड अभिनेत्री बन्दा सम्मको कथा समेटिएको छ । ५ जुलाईमा फिल्मको टे«लर रिलिज भएसँगै युट्युबदेखि ट्विटर, फेसबुकमा उनका समर्थक र विरोधीबीच टिप्पणीको वर्षा भइरहेको छ । फिल्मको नाम सन्नीको आफ्नै नाममा राखिएको भए पनि ‘कौर’ पञ्जाबी सिख समुदायसँग जोडिएको उपनाम हो । फिल्मको नाममा कौर आएसँगै परिवार र समुदायको नाम बदनाम गरेको आरोप सन्नीलाई लागिरहेको छ ।

शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले फिल्मको नाममा आपत्ति जनाउँदै सन्नी लियोनले फिल्ममा कौर शब्दको प्रयोग किन गरिन् भन्ने प्रश्न गरेको छ । समितिका प्रवक्ता दलजित सिंह वेदीले एक अन्तर्वार्तामा भनेका छन्, ‘सन्नी सानोमा सिख भए पनि पछि धर्म परिवर्तनपछि इसाई भएकी हुन् । उनका श्रीमान् पनि इसाई हुन् । सिख धर्ममा सिंह र कौरजस्ता उपनामको महŒवपूर्ण स्थान छ । त्यसैले सन्नीले यो शब्दको प्रयोग नगरेको भए हुन्थ्यो ।’

फिल्मका निर्देशक आदित्य दत्तले भनेका छन्, ‘म सिख समुदायको भावनाको कदर गर्छु र आफैं एक सिख हुँ ।’ तर उनले चकित हुँदै भनेका छन्, ‘आजको एक्काइसौं शताब्दीमा समेत कसैले आफ्नो पारिवारिक नाम प्रयोग गर्दा विरोध भइरहेको छ ।’

सानोमा सन्नी पञ्जाबी समुदायसँग सम्बन्धित भए पनि हाल उनीसँग क्यानडा र अमेरिकाको दोहोरो नागरिकता छ । सन्नी लियोनको बायोपिक करनजित कौर ः द अनटोल्ड स्टोरीको पहिलो सिरिज जी फाइभमा रिलिज भइसकेको छ । यो फिल्ममा सिख परिवारमा जन्मिएकी करनजित कौर उर्फ सन्नी लियोन कसरी पोर्न इन्डस्ट्रीको सुपरस्टार बन्न पुगिन् भन्ने कथा छ । सन्नी लियोन आफ्नो बायोपिकमा आफंै काम गरिरहेकी छन् ।


(२०७५ श्रावण १६, बुधबार) १२:०७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro