अविवाहित युवतीले कारागारमा जन्माइन बच्चा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ श्रावण ११, शुक्रबार) ०७:०८

जिल्ला कारागार झापामा थुनामा रहेकी  बीस वर्षीया एक युवतीले शिशु जन्माएकी छन् । कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् ।

आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको र आजै अस्पतालबाट दुवैलाई कारागारमा ल्याइएको कारागार प्रमुख निरौलाले बताए । चार महिनाअघि गर्भवती अवस्थामै उनी कारागारमा थुना परेकी थिइन् ।
इलाका प्रहरी कार्यालयले गत चैतमा बिर्तामोडको एक होटलबाट पक्राउ गरेर उनीमाथि सार्वजनिक मुद्दा दर्ता गरेको थियो ।
झापा जिल्ला प्रशासन कार्यालयले उनलाई रु पाँच हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेर उनी कारागारमा थुना परेकी हुन् ।

(२०७५ श्रावण ११, शुक्रबार) ०७:०८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जनवादी कलाकार एबम ने.क.पा.का उपत्यका इन्चार्ज माइला लामा गिरफ्तार !

जनवादी कलाकार एबम बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई प्रहरीले शनिबार मध्ये राती भक्तपुरबाट गिरफ्तार प्रयास गरेको छ।  काँडाघारीस्थित एक.....

अनुदार प्रजातन्त्रको अभ्यास : विनोद न्यौपाने

विचार, सिद्धान्त र प्रजातन्त्र आफैं लजाइरहेछन् सत्तापक्ष र प्रतिपक्षी दैनिकीले। निर्वस्त्र हुनेहरू लजाउँदैनन् किनकि उनीहरूले लाज पचाइसकेका हुन्छन्। विचार र सिद्धान्तले समाजलाई.....

राम सिंहको दाहसंस्कारस्थलबाट दुई जना ने.क.पा. कार्यकर्ता पक्राउ

धनगढीमा बिहीबार भएको वम विस्फोटमा मृत्यु भएका रामसिंहको दाह संस्कारमा सरिक भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दाहसंस्कारबाट फर्केने क्रममै स्कूटी सहित सिता सिंह र प्रकास जप्रेल.....

Exchange Rate

Nepali Patro