बिहे गर्दैमा मनलाग्दी सम्भोग गर्न नपाइने अदालतको फैसला

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ श्रावण ३, बिहीबार) ११:३४

विवाहित महिलामाथि आफ्नै लोग्नेले गर्ने यौन हिंसाका सम्बन्धमा भारतको दिल्ली हाइकोर्टले मंगलबार एउटा महत्वपूर्ण फैसला गरेको छ ।

अदालतले एक मुद्धाको फैसलामा भनेको छ- बिहेको अर्थ यो होइन कि कुनै पनि महिला आफ्नो लोग्नेसँग हरक्षण यौन सम्पर्कका लागि राजी होउन् । साथै अदालतले बलात्कार हुनका लागि शारीरिक बलको अनिवार्यता नहुने पनि ठहर गरेको छ ।

अदालतका अनुसार दाम्पत्य जिवनमा लोग्ने र स्वास्नी दुवैलाई यौन सम्पर्कका लागि नाइँ भन्ने अधिकार हुन्छ ।

वैवाहिक बलात्कारलाई अपराध किटान गर्न माग गर्दै दायर गरिएको निवेदनमा फैसला गर्दै अदालतले भनेको छ कि बलात्कार नहुनका लागि पुरुषले यौन सम्पर्कका लागि महिलाले सहमति दिएको सावित गर्नुपर्दछ ।

पुरुष अधिकारवादी संस्था मेन वेलफेयर ट्रस्टको दाबी खारेज गर्दै अदालतले वैवाहिक बलात्कारमा बल प्रयोग अनिवार्य नहुने पनि बताएको छ । संस्थाले पति पत्नीबीचको यौन सम्पर्क बलात्कार हुनका लागि लोग्नेद्वारा बलजफ्ती गरेको वा धम्की दिएको अवस्था हुनुपर्ने जिकिर गरेको थियो । तर अदालतले वर्तमानमा बलात्कारको परिभाषा नै बदलिएको भन्दै बलात्कृत महिलामा घाउचोट हुनैपर्छ भन्ने नरहेको ठहर गरेको छ । एजेन्सी


(२०७५ श्रावण ३, बिहीबार) ११:३४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

सत्तारुढ नेकपामा तीन गुट सक्रिय : कार्यदल निष्क्रिय बनाउने खेल, जिल्ला नेतृत्वमा टकराव

नेकपामा देखिने गरी तीन थरी गुट छन् । अन्य नेताहरूका पनि गुट नभएका होइनन् । तर आगामी महाधिवशेनवाट नेतृत्व उछिट्याउने गरि मुख्य तीन गुट सक्रिय छन् । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव.....

बन्दुक जनताले नलिई हुँदै हुँदैन : सुदर्शन, स्थायी कमिटी सदस्य, ने.क.पा.

(रातोपाटीको लागी पत्रकार फणिन्द्र नेपालले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’संग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तर्बार्ता रातोपाटी डटकमबाट लिएका.....

प्रहरीले बरामद गरेको चार किलो सुन किन तामा बन्यो ?

प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पुस १९ गते धादिङको गजुरीबाटबरामद गरी सार्वजनिक गरेको चार किलो सुनलाई करीब तीन हप्तापछि राजस्व अनुसन्धान.....

Exchange Rate

Nepali Patro