विदेशी पुरुषसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई सासंदको चेतावनी

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७५ असार १, शुक्रबार) ११:३१

काठमाडौं । विश्वकप फुटबलको आयोजक राष्ट्र रुसकी एक वरिष्ठ सासंदले विदेशी खेलाडीसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई चेतावनी दिएकी छिन् ।

रुसी ससंदमा परिवार, महिला तथा बालबालिका समितिकी प्रमुख तामरा प्लेतन्योभाले एक रेडियोसँग अन्तर्वार्ताको क्रममा यस्तो चेतावनी दिएकी हुन् ।

रुसका महिलाहरुले विश्वकपको समयमा आएका विदेशी अश्वेत पुरुषसँग सेक्स गरेर अरु मिश्रति जातीका सन्तान जन्माउन सक्ने भएकाले त्यस्तो नगर्न उनले भनेकी हुन् ।

उनले सन् १९८० को मस्को ओलम्पिकपछि विदेशी पिताबाट जन्मिने बच्चाको सङ्ख्या एक्कासी वृद्धि भएको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले विदेशी खेलाडीसँग यौन सम्बन्ध राख्न नहुने बताइन् ।

‘सुखी परिवार, सँगै बस्न, बच्चाहरु जन्माउन र राम्रो शिक्षा दिनको लागि पनि रुसका नागरिकले एकअर्कालाई बिहे गर्नुपर्छ’ उनले भनिन् ।
उनले विश्वकप पछि एकल आमाहरुको सङ्ख्या बढ्ने चिन्ता पनि व्यक्त गरिन् । यसरी विदेशी पुरुष र रुसी महिलाबाट जन्मने यस्ता बच्चाहरुले पछि दुःख पाउन सक्ने तर्फ पनि उनले संकेत गरिन् ।

रुसमा विश्वकप आयोजनाका विषयलाई लिएर विभिन्न सामाजिक समस्याबारे कुराकानी भइरहेको छ । यस्तोमा रुसी महिलाका विषयमा यसअघि पनि प्रश्नहरु उठिरहेका थिए ।


(२०७५ असार १, शुक्रबार) ११:३१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना