चुनाब जितेपछि वडाध्यक्ष ओेझा बेपत्ता ! कहाँ छन् वडाध्यक्ष ओेझा ?

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ जेष्ठ १०, बिहीबार) ०६:५८

रुपा गाउँपलिका २ थुम्कीका वडाध्यक्ष हरिकृष्ण ओेझा सम्पर्कविहीन भएको वडाबासीले गुनासो गरेका छन् । हालै भएको गाउँपालिकाको नागरिक सुनावाइ कार्यक्रममा स्थानीयले वडाध्यक्ष कार्यालयमा नआएको बताएका हुन् ।

वडाध्यक्षमा जितेको केही दिन कार्यालयमा आएको तर त्यसपछि सम्पर्कविहीन भएको स्थानीयले बताएका हुन् । ‘जितेको २-३ दिन वडामा देख्यौं, त्यसपछि कहिल्यै देखेनौं,’ वडा नम्बर २ का बासिन्दा अशोक ओझाले भने, ‘नेपालमा हुनुहुन्छ कि इन्डियामा हुनुहुन्छ थाहा नै छैन ।’

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले वडाध्यक्ष आफूलाई समेत सम्पर्क नगरेको बताए । उनले भने, ‘मलाईसमेत खबर गर्नुभएको छैन,पोखरातिर हुनुहुन्छ भन्ने खबर छ तर थाहा छैन ।’ कार्यालय वडाध्यक्षविहीन भएपनि वडाबासीको काममा अवरोध नहोस् भनेर कार्यवहाक वडाध्यक्ष खटाएको उनले बताए ।

वडाको कार्यवहाक वडाध्यक्षमा अहिले नन्दलाल ओझाले जिम्मेवारी सम्हालिरहेकाछन् । जिल्ला समन्वय समितिले वेबसाइटमा राखेको जनप्रतिनिधिहरुको मोबाइलको सूचीमा रहेको वडाध्यक्ष ओझाको मोबाइल नम्बरमा फोन गर्दा स्वीचअफ गरिएको छ भन्ने सन्देश आउँछ । Source : समाधान दैनिक


(२०७५ जेष्ठ १०, बिहीबार) ०६:५८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro