छैठौं भूलभूला मेलाको तयारी पुरा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ चैत्र २६, सोमबार) ११:१३

पोखरा लेखनाथ महानगरपालिका ३३, पुंंडिटार स्थित भूलभूला देवि मन्दिर संरक्षण समितिले तिन दिने छैठौं भूलभूला मेलाको तयारी लगभग पुरा भएको आयोजकले बताएको छ ।

बिगत ६ बर्षदेखी संगठित सस्थाको रुपमा रहेर नयाँ बर्षको अवसर पारी उक्त समितिले मेलाको आयोजना गर्दै आइरहेको थियो ।

पोखरा लेखनाथ महानगरपालिका ३३ ( साविक भरतपोखरी १ ) स्थित भूलभूला मन्दिर परिसरमा आयोजना गर्न लागिएको उक्त मेलामा भुलभुले बजारलाई व्यवस्थित बनाई पर्यटकीय क्षेत्रको रुपमा बिकशित बनाउन र लुकेका सस्कृतिको जगेर्ना गर्नका साथै त्यस क्षेत्रको संरक्षण सम्बर्धन गर्ने उद्देस्य सहित आयोजना गरिएको समितिका संयोजक मिलन थापाले बताउनुभयो ।

नयाँ बर्षको अवसरमा आयोजना गरिने मेला यहि चैत्र २९ गतेदेखि बैशाख १ गते सम्म रहने छ । मेलाका आकर्शकहरुमा गाउ तथा वडा स्तरीय भलिवल प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, बिभिन्न आदिवासी, जनजातिको परम्परागत नाच, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको लोकदोहोरी र हास्यव्यङ्ग्य, भजनकृतन, पञ्चेबाजाका साथ बार्षिक भूलाभुला पुजा लगायतका कार्यक्रमहरु रहने आयोजकको भनाई छ ।

यस्तै तिन दिने मेलामा हुने बिभिन्न कार्यक्रमहरु पनि क्रमश मिलाईएको छ । चैत्र २९ गते देखि सुरु हुने उक्त मेलामा मेलाको पहिलो दिन गाउँ तथा वडा स्तरीय भलिवल प्रतियोगिता हुने यस्तै दोश्रो दिन बिभिन्न साँस्कृतिक कार्यक्रमहरु रहने र बैशाख १ गते अर्थात तेस्रो दिन  बिध्यालय स्तरीय लोक नृत्य प्रतियोगिता रहने बताइएको छ ।


(२०७४ चैत्र २६, सोमबार) ११:१३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

अदालत परिसरबाट गिरफ्तार ने.क.पा. नेता-कार्यकर्तालाई शा.सु. मुद्दा दर्ता

उच्च अदालत पोखरा परिसरभित्रको बार एसोसियनको भवनबाट बिहीबार मध्येरती गिरफ्तार गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका नौजना नेता तथा कार्यकर्तालाई प्रहरीले शान्ति सुरक्षामा खलल.....

पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारवाहीको सिफारिस गरेको छ । समितिको  बैठकले पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुने र मीनभवन.....

‘वाइडबडी’ खरिदमा चार अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको दाबी

नेपाल वायुसेवा निगमले खरिद गरेको ‘वाइडबडी’ विमानमा भएको अनियमितता छानबिन गर्न नागरिकस्तरमा गठित नागरिक आयोगले विमान खरिदमा चार अर्ब ३५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी गरेको.....

Exchange Rate

Nepali Patro