पेनड्राइभबाट डिलिट भएको डाटा कसरी फिर्ता ल्याउने ?

संबाददाता : सागर गिरी     प्रकाशित मिति: (२०७४ फाल्गुन ९, बुधबार) ०९:१६

यूएसबी पेनड्राइभले हामीलाई धेरै सजिलो बनाएको छ। आफ्ना महत्वपूर्ण डाटाहरु लिएर हामी जहाँ पनि जान सक्छौँ। पोर्टेबल हार्डडिस्कको तुलनामा सस्तो र सहज हुने कारणले यो अहिले महत्वपूर्ण डिभाइस बनिसकेको छ।

यसरी हाम्रा महत्वपूर्ण डाटाहरु भएको पेनड्राइभबाट कहिलेकाँही अन्जानमा सबै डाटाहरु डिलिट भइदिने समस्या पनि हुन्छ। यस्तो अवस्थामा यदि आफ्ना डाटाहरु फिर्ता ल्याउन निम्न तरिकाबाट अपनाउन सकिन्छ।

तर डाटा रिकभर गर्नका लागि जुन सिस्टमबाट डाटा डिलिट भएको हो त्यही सिस्टमबाटै यी तरिकाहरु अपनाएमा मात्र रिकभर हुन्छ। एउटा सिस्टममा डिलिट भएको डाटा अर्को सिस्टममा रिकभर गर्न मिल्दैन।

१.सबैभन्दा पहिले सिस्टममा ‘स्टार्ट मेनु’ नामक सफ्टवेयर डाउनलोड गर्ने। यो एक निःशूल्क सफ्टवेयर हो र गुगलबाट सजिलै डाउनलोड गर्न सकिन्छ।

२. डाउनलोड भएपछि स्टार्ट मेनुमा गएर यसलाई लन्च गर्ने।

३. यसपछि ‘पेन्डोरा रिकोभरी’ आइकनमा क्लिक गर्ने। यसमा आफ्नो पेनड्राइभको अप्सन देखाउँछ र त्यसमा क्लिक गर्ने। यसपछि पेनड्राइभबाट डिलेट भएको फाइलहरु देख्न सकिन्छ।

४. त्यहाँ देखिएको फाइलमा राइट क्लिक गर्नासाथ केही अप्सनहरु देखापर्छन् जसमध्ये रिकभरी अप्सन छान्ने।

५. अब त्यो फाइललाई सेभ गर्ने ठाउँ छानेर ‘रिकोभर नाव’ मा क्लिक गर्ने। केही मिनेटमा आफ्नो डिलीट भएको डाटा फेरि आउनेछ।


(२०७४ फाल्गुन ९, बुधबार) ०९:१६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro