यौनसुखका लागि दम्पत्तिले जान्नैपर्ने कुरा

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ फाल्गुन ३, बिहीबार) १०:१५

दाम्पत्य जीवनमा यौनले मनोरञ्जनको स्थान मात्र लिएको हुँदैन । यसले वंश निरन्तरतालाई मात्र धानेको पनि हुँदैन । यौनले दाम्पत्य जीवनलाई सुखमय र सुमधुर बनाइरहेको हुन्छ ।

सफल दाम्पत्यमा सक्रिय यौनको भूमिका अहम् हुन्छ । यौन सम्बन्धले दम्पत्तिलाई थप निकट राख्छ ।

अक्सर दम्पत्तिबीचको खटपट यौन सम्बन्धबाटै उब्जने गर्छ । जब यौनमा सुखभोग मिल्दैन, तब सम्बन्धमा खल्लोपन आउँछ । पार्टनरले यौन सन्तुष्टि प्राप्त गर्न नसकेपछि उनीहरु अरुतिरबाट त्यसको परिपूर्ति गर्न खोज्छन् । नतिजा, दम्पत्तिबीच विश्वासको वातावरण टुट्छ । शंका-उपशंकाले ठाउँ पाउँछ । त्यसले दम्पत्तिबीचको सम्बन्धलाई धरापमा पार्छ ।

बाहिरबाट हेर्दा सामान्य लागे पनि दाम्पत्य सुखमा यौनले विशेष भूमिका निर्वाह गर्छ । तर, हामी यसप्रति जति सचेत र जागरुक हुनुपर्ने हो, त्यति हुँदैनौं ।

यौनसम्बन्धी हाम्रो धारणा एकदमै कमजोर र सतही छ । यौनलाई ‘अपराध’ वा ‘छाडा’को रुपमा बुझेका छौं । त्यही कारण उन्मुक्त यौनमा रमाउन सकिँदैन ।

जबकि, सक्रिय यौन जीवन शारीरिक/मानसिक दुवै स्वास्थ्यका लागि अपरिहार्य मानिन्छ । जब दम्पत्तिबीच सक्रिय यौन सम्बन्ध स्थापित हुन्छ, उनीहरु शारीरिक रुपले तन्दुरुस्त हुन्छन् । मानसिक रुपले सन्तुष्ट र प|mेस हुन्छन् । त्यसैले त भन्ने गरिन्छ, दम्पत्तिले सातामा दुई चोटीसम्म शारीरिक सम्बन्ध बनाउनु उपयुक्त हुन्छ ।

सेक्सुअल लाइफको रिचार्ज

 

 

विभिन्न कारणले हामीमा यौन शिथिलता आउने गर्छ । चाहेर पनि हामी यौनमा सक्रिय हुन सक्दैनौं । यसो हुनुमा एक मात्र कारण हुँदैन । कतिपय अवस्थामा शारीरिक समस्याले पनि हामी यौनमा उदासिन हुन पुग्छौं । कतिपय अवस्थामा मानसिक समस्याले पनि ।

किनभने यौनमा शरीर मात्रको उपस्थितिले पुग्दैन । मानसिक इच्छाले मात्र पनि काम गर्दैन । सक्रिय यौनका लागि शारीरिक र मानसिक दुवै रुपमा हामी उत्तिकै तयार हुनुपर्छ ।

जब दम्पत्तिले यौनमा सुखभोग गर्न सक्दैनन्, उनीहरु मानसिक रुपले रोगी बन्दै जान्छन् । यसले उनीहरुको सुदूर भविष्यमा खतरा निम्त्याउन सक्छ ।

त्यसैले यौनको सन्दर्भमा पति र पत्नी दुवै उत्तिकै जागरुक हुन आवश्यक छ । यदि यौन जीवन सुखमय छैन भने दम्पत्तिबीच यस विषयमा खुला छलफल हुन आवश्यक छ । यसका कारणहरु खोतल्नुपर्छ । जब समस्या फेला पर्छ, निदान खोज्न गाह्रो हुँदैन ।

कतिपय अवस्थामा शारीरिक कमजोरी, रोग आदिले यौनमा असर गर्छ । विभिन्न रोग छन्, जसको सोझो प्रभाव यौन जीवनमा पर्छ । त्यस्ता रोगहरुको पहिचान हुनुपर्छ ।

यद्यपि, यौनमा मानसिक उपस्थिति उत्तिकै अपरिहार्य मानिन्छ । जब तनाव हुन्छ, धपेडी हुन्छ, आक्रोस वा कुनै पनि किसिमको मानसिक विकार हुन्छ, तब यौनमा सक्रियता जनाउन सकिँदैन । त्यसैले यौन सुखका लागि मानसिक विकार त्याग्नैपर्छ ।

सेक्समा डिटाक्सिफिकेसन

डिटक्सिफिकेसन एक प्रक्रिया हो, जसको माध्यामबाट शरीरबाट विषाक्त पदार्थ बाहिर निकालिन्छ । त्यसपछि हामी ऊर्जावान, स्वस्थ र ताजगी अनुभव गर्न सक्छौं ।

ठीक यही किसिमले रिलेसनसिपमा पनि कुनैबेला टक्सिन भरिन सक्छ । यसले दाम्पत्य सम्बन्धमा अविश्वास, दिक्दारी आदि पैदा गर्छ । यसको नतिजा यौन जीवनमा असन्तुलन आउन सक्छ । यौन जीवनबाट यस्ता टक्सिन हटाउनैपर्छ ।
– जब दम्पत्तिबीच प्रेममा चिसोपन आउँछ । एकअर्कामा पहिलेजस्तै आकर्षण महशुस हुँदैन ।

– पति/पत्नीमा सन्तान, करिअर, काम, घरधन्दाको कुराले मात्र स्थान पाउन थाल्छ । अन्तरंग कुराकानी हुन पाउँदैन ।

– आफ्नो पार्टनरसँग भएर पनि अलग्गै जीवन व्यतित गरिन्छ । दुवैले एकअर्कालाई समय दिन सक्दैनन् । एकसाथ दुवै बस्ने वा समय बिताउने इच्छा हुँदैन ।

– एउटै ओछ्यानमा भएर पनि दुवैले आफूलाई एक्लो महशुस गरिन्छ ।

के हो सेक्स लाइफको टक्सिन ?

 

तनाव- तनाव नै त्यस्तो तत्व हो, जसले यौन जीवनलाई खल्लो बनाइदिन्छ । व्यस्त दिनचर्या, पारिवारिक चिन्ता, करिअर आदिको धपेडीले हामी यति तनावग्रस्त हुन पुग्छौं कि पार्टनरसँग अन्तरंग पल बिताउने फुर्सद वा चाहना हुँदैन ।

निस्त्रिmय जीवन- शारीरिक रुपमा निस्क्रिय हुँदा पनि त्यसको प्रभाव यौन जीवनमा पर्छ । शारीरिक रुपमा सक्रिय व्यक्तिको यौन जीवन सुखमय हुन्छ भन्ने अनुसन्धानबाट देखिएको छ ।

अस्वस्थकर खानपान- खानेकुराको सोझो असर स्वास्थ्यमा पर्छ । जब हामी अस्वस्थकर खानेकुरा सेवन गर्छौ, हाम्रो ऊर्जामा ह्रास आउँछ । र, त्यसको प्रभाव यौन जीवनमा पर्छ ।

प्रदुषण- अचम्म लाग्न सक्छ तर सही तथ्य हो, प्रदुषणले यौन जीवनमा असर गर्न सक्छ ।

अविश्वास- दम्पत्तिबीच अविश्वास, मनमुटावले जब प्रवेश गर्छ, उनीहरुको यौन जीवन कमजोर हुनपुग्छ ।


(२०७४ फाल्गुन ३, बिहीबार) १०:१५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

अदालत परिसरबाट गिरफ्तार ने.क.पा. नेता-कार्यकर्तालाई शा.सु. मुद्दा दर्ता

उच्च अदालत पोखरा परिसरभित्रको बार एसोसियनको भवनबाट बिहीबार मध्येरती गिरफ्तार गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका नौजना नेता तथा कार्यकर्तालाई प्रहरीले शान्ति.....

Exchange Rate

Nepali Patro