गुप्तांगको रौं बारे ७ भ्रम र यथार्थ

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ माघ १८, बिहीबार) ०८:५८

यौवनावस्थामा प्रवेशसँगै गोप्य अंगमा रौं पलाउन थाल्छ । कतिलाई यो मन पर्छ त कतिलाई मन पर्दैन । आधुनिक महिलाहरु धेरैले गोप्य अंगमा सेभ गरेर सफाचट बनाउने गरेका छन् ।

यस्तो रौ कहिल्यै पनि आम चर्चाको विषय बन्दैन । सायद यही भएर होला यसका विषयमा धेरै भ्रमहरु हामीमाझ विद्यमान छन् । गुप्तांगको रौंका विषयमा मानिसहरुमा रहेका ७ भ्रम र तीनको यथार्थ के हो त ?

भ्रम १: गुप्तांगको रौंले यौनजन्य रोगहरुबाट बचाउँछ

यथार्थः यो सत्य होइन । यसको ठिक विपरित गुप्तांगको रौंले ब्याक्टेरिया पैदा हुने खतरा हुन्छ । यसमा जीवाणू र ब्याक्टेरिया हुन्छ जसले यौनसम्वन्धी समस्याहरु उत्पन्न गर्न सक्छ । धेरै मानिसहरु भन्ने गर्छन् कि यस्तो रौंले स्किन टु स्किन सम्पर्क गर्दा हुन सक्ने इन्फेक्सनबाट बचाउँछ ।

तर, यस्तो विल्कुल होइन । यसले भाइरसतलाई अझै बढाउन सक्छ । एउटा अध्ययनअनुसार पुरुषहरुको गुप्तांगको रौंबाट उसको महिला साथीलाई एचपीबीसँग जोडिएका समस्याहरु हुन सक्छन् ।

भ्रमः गुप्तांगको रौंले गर्दा सेक्सको पुरा मज्जा आउँदैन

यथार्थः यो अनुभव व्यक्तिपिच्छे फरक फरक हुन सक्छ । केही व्यक्तिहरुलाई गुप्तांगको रौंले सेक्समा झनै मज्जा थपिदिन्छ । केही महिलाहरु चाहिँ रौं मन पराउँदैनन् ।

भ्रमः गुप्तांगको रौं हटाउने सबैभन्दा राम्रो तरिका खौरिनु हो

यथार्थः वाक्स गराउने वा खौरने, यो आफुमा निर्भर गर्छ । तर, एउटा कुरा ध्यानमा राखौं, गुप्तांगको रौं हटाउँदा त्यो ठाउँमा कतै छाला नकाटियोस् ।

भ्रमः छाला कोमल छ भने खौरिनु हुँदैन

यथार्थः छाला संवेदनसिल छ भने सेविङ गर्दा रेजरलाई छालामा धेरै जोडले रगड्नु हुँदैन । सेभिङ क्रिम बिना नै सेभिङ गरियो भने छाला काटिन सक्छ । योभन्दा राम्रो वाक्सिङ वा हेयर रिमुभल क्रिमको प्रयोग गरौं ।

भ्रमः गुप्तांगको रौं बढ्न थालेपछि रोकिदैन

यथार्थः गुप्तांगको रौं एउटा समयपछि बढ्न रोकिन्छ । जब रौंको वृद्धि पूरा हुन्छ, यो बढ्न रोकिन्छ र र्झन थाल्छ । झरेको ठाउँमा नयाँ रौं पलाउँछ ।
यदि रौं हटाउनका लागि रेजरको प्रयोग गरिन्छ भने एउटा रेजर २-३ पटकभन्दा बढि प्रयोग गर्नु हुँदैन । राम्रो क्वालिटीको रेजर प्रयोग गरौं । हेयर रिमुभिङ क्रिम प्रयोग गर्नुभन्दा अगाडि यो कुरा जाँचौं कि कतै त्यो क्रिमको कुनै एलर्जी त छैन ? बक्समा लेखिएका इन्स्ट्रक्सन पढौं । सैलुनमा गएर बिकिनी वाक्स पनि गराउन सकिन्छ । घरमा विकिनी वाक्स ट्राइ गरौं ।

कपालको रौं र गुप्तांगको रौं एउटै रंगका हुन्छन्

यथार्थः यो बिल्कुल साँचो होइन । शिरको कपालको रंग जस्तो छ गुप्तांगको रौं पनि त्यस्तै हुनुपर्छ भन्ने केही छैन । कुनै पनि रौंको रंगको सिधा सम्वन्ध मेलनिनसँग हुन्छ । गुप्तांगको रौं यसकारण गाढा हुन्छ कि यसमा मेलनिन अत्यधिक पाइन्छ ।


(२०७४ माघ १८, बिहीबार) ०८:५८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro