‘चिसा शासकहरु‍‌’

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ माघ १, सोमबार) ०६:५३

ए पुस ! तँ किन घमण्ड गर्छस
तँ भन्दा नि चिसो यो देसका शासकहरु छ्न
तैले त भलै मधेसमा दुइचार दर्जन ढलाइस होला
र हिमालमा पनि
यहाँ त दलाल ब्यबस्थाको चिसोले
हजारौं हजार ढलिसके
र हजारौं हजार गलिसके
तँ किन फुर्ती लाउछ्स ए पुस ?
तँ घाम सँगै हराउछ्स
र आगो सँग डराउछ्स नि है
तर तिनिहरु त न डराउछ्न
न हराउछ्न,
अझै चर्को चर्को स्वरले कराउँछ्न
र भन्छ्न,
लुटन पाउँ, भ्रस्टाचार गर्न पाउँ
हुन त तिमिहरुको जात एउटै हो
र तिमीहरु को उद्देश्य पनि
ए साच्चै !
चिसो हुन त तैले पनि उनिहरु सँगै सिकिस होला
तर पुस जे भए नि हेर
तँ भन्दा खतरानाक छ्न यो देसका शासकहरु।
तँलाई तह लगाउन बस्तिहरुमा
दाउरा अनि हिटरहरु जलाईदै छ
सायद तँ अब चाडै हराउने छ्स
चैत सँगै तेरो अत्याचार बाट मुक्त होइनेछ
र हामी पनि आगो बाल्दै छौँ
यो देसका दलाल शासकहरुको
चिसोबाट मुक्त बनाउन हामी
एकीकृत जनक्रान्तिको भर्भराउदो
राँको बाल्दै छौँ !
भलै हामिलाई केहि समय लाग्ने छ
तर हामी अन्त्य गर्नेछौँ सदाको लागी
यिनका अत्याधुनिक चिसोका कम्पनीहरु
हामी यो मुलुकमा कहिल्यै नअस्ताउने
रातो घाम ल्याउँने छौँ
र तँ अनि उनिहरु सधैको लागी अलबिदा हुनेछौ।


(२०७४ माघ १, सोमबार) ०६:५३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना