मोडल स्मिता थापाको बोल्ड अभिव्यक्ति : टन्न भोड्का खाएर वाईल्ड सेक्स गर्न मन छ

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ पुष २४, सोमबार) ०९:४८

काठमाडौँ २४ पौष ।
नेपाली मोडलिङ क्षेत्रमा विभिन्न हर्कत देखाएर चर्चामा आउने नाम हो स्मिता थापा । उनलाई आधार मानेर लेखक राजेन्द्र थापाले खेलौना नामक पुस्तक समेत लेखेका छन् ।

उनै मोडल थापाले डेढ वोतल भोड्का खाएर वाईल्ड सेक्स गर्ने चाहना व्यक्त गरेकीछिन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा थापाले भनिन्,“म ह्विस्कीको पारखी हुँ, मलाई ह्विस्कीको चुस्कीसँगै वाईल्ड भएर सेक्स गर्नमा आनन्द आउँछ ।”

उनले थपिन्,“जाडोमा मलाई खुकुरी रम मनपर्छ, रक्सी पिएपछि सेक्स डिजाएर हुन्छ, त्यसपछि मलाई वाईल्ड भएर सेक्स गर्न मन लाग्छ ।” आफूले अहिलेसम्म विश्वका सवै प्रकारका ब्राण्डेड रक्सी पिईसकेको उनको दाबी छ ।

आफू यो संसारमा रोमान्स गर्नकै लागि आएको दाबी गर्दै उनले भनिन्,“म ईन्जोए गर्ने केटी हुँ, मस्तीमा झुम्ने मलाई आदत लागिसकेको छ, म सेक्सी र ह्याण्डसम केटाको फ्यान हुँ ।” उनले आफ्ना जीवनबाट रोमान्स शब्द झिकिदिए त्यसले जीवनकै कुनै अर्थ नराख्ने बताईन् । एक छोरीकी डिभोर्सी आमा हुन स्मिता ।

तर उनलाई अझैपनि मनमिल्ने सेक्सी एण्ड ह्याण्डसम केटा पाए विवाह गर्ने चाहना छ । पहिलोपटक कसैलाई मन पराएर विवाह गरेकी उनी पतिले धोका दिएपछि विवाह नगर्ने मुडमा थिईन्, तर विस्तारै रोमान्समा झुम्मिन बानि लागेपछि अब त्यही डिसिजनमा नअडिने उनको सोचाई छ ।

पतिले आफूसँग विवाह गरिसकेपछि पनि अर्के केटीसँग रोमान्स गरेको थाहा पाएपछि अलग भएको अनुभव सुनाईन् । त्यही बखत आफूले “लोग्ने होईन, लोग्नेमान्छे चाहिन्छ” भनेको सन्दर्भ कोट्याईन् ।जीवन धान्न त्यति गाहे छैन उनलाई । तीन तीन वटा बिजनेस रन गरेर बसेकीछिन् । उनको व्युटि पार्लर, रेष्टुरेण्ट र म्यानपावरको व्यवसाय छ । मनग्गै आम्दानी भैरहेको छ ।

लगानी अनुसारको आउटपुट आईरहेकोमा उनी खुशी छिन् । कर्ममा विश्वास गर्ने उनी फलको कहिल्यै आशा नगर्ने गिताको सारमा विश्वास गर्छिन् । अन्त्यमा उनले भनिन्,“अरु त त्यस्तै हो, जीवन खुशी छ, रोमान्स भैरहेको छ, यसरी नै बाँकी जीवन बितोस्, मेरो यही चाहना ।”


(२०७४ पुष २४, सोमबार) ०९:४८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

उच्च अदालत पोखराको आदेशमा आठ बिद्यार्थी रिहा, एक जना फेरी गिरफ्तार

उच्च अदालत पोखराले आइतबार रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नौ जना मध्ये एक जनालाई कास्की प्रहरीले फेरी गिरफ्तार गरेको छ। उच्च अदालत पोखरा.....

गुठीको जग्गामा भूमाफिया र दलालहरुको आँखा – गोपाल गडतौला

सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक जग्गामा केन्द्रित हुँदा सरकारले भूमाफियाको प्रभावमा कानून बनाउन लागेको भनेर तीव्र आलोचना भइरहेको छ। २७ वैशाख २०७६ मा भूमि व्यवस्था, सहकारी तथा.....

ने.क.पा.माथिको प्रतिवन्ध र लुटतन्त्रविरुद्धको अविराम यात्रा : प्रकाश शाही

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र.....

Exchange Rate

Nepali Patro