भाइबरबाट ५२ वटा देशमा नि:शुल्क फोन गर्न सकिने

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष १९, बुधबार) १८:४९

आजदेखि भाइबरबाट ५२ वटा देशमा नि:शुल्क फोन गर्न सकिने यसरी गर्नुस निशुल्क फोन जानकारीको लागि सक्दो share गर्नुहोसभाइबरबाट राति ८ बजेदेखि १० बजेसम्म विभिन्न ५२ मुलुकहरुमा निशुल्क फोन गर्न सकिने भएको छ। भाइबर आउटबाट ५२ मुलुकका ल्याण्डलाइन वा मोबाइल फोनमा १० मिनेटसम्म निशुल्क कुरा गर्न सकिने छ।

अफर सेम्टेम्बर १९ अर्थात असोज ३ गतेसम्म लागू हुने भाइबरले जनाएको छ। यसका लागि कल गर्न चाहेको व्यक्तिको नम्वर थिचेर भाइबर आउट कललाई छनौट गर्नुपर्नेछ। अथवा भाइबरको किप्याडमा चाहेको नम्वर डायल गरेर यो सेवा लिन सकिने छ। यसका लागि देशको कोड भने सही थिच्नुपर्दछ।

अस्ट्रेलिया, बहाराइन, बाङ्गलादेश, बेल्जियम, भुटान, ब्रुनेइ डारुसुलाम, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, भारत, इन्डोनेसिया, आयरल्याण्ड, इज्रायल, इटाली, जापान, कुवेत, लावोस, लेबनन्, मकाउ, मलेशिया, नेपाल, नेदरल्याण्ड, न्यू जियल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्चुगल कतार, रुस, साउदी अरेयिबा, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्विडेन, स्विजरल्याण्ड, टाइवान, टाजिकिस्थान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, भिएतनाम देशमा निशुल्क कल गर्न सकिने भाइबरले जनाएको छ।


(२०७४ पुष १९, बुधबार) १८:४९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

बैद्य माओवादीका केन्द्रीय सदस्य श्रेष्ठसहित १७ जनालाई प्रहरीद्वारा हातपात गर्दै गिरफ्तार

विगत ५ दिनदेखि त्रिवि सेवा आयोग परिसरमा धर्नामा बसिरहेका  मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार.....

सुदुरपश्चिममा ब्यापक प्रहरी दमन : प्रतिरोधमा उत्रन ने.क.पा.को आव्हान

सुदूर पश्चिमका बिभिन्न जिल्लामा व्यापक मात्रामा परिचालित प्रहरीले गैर कानुनी गिरफ्तारी र धरपकडका साथमा दमन  गर्न थालेपछी आक्रोशित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  सरकारी.....

बझाङमा जीप दुर्घटना : ६ जनाको ज्यान गयो, ६ घाईते

बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । वडा.....

Exchange Rate

Nepali Patro