यात्रा रोक्नु हुँदैन है !

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ पुष १०, सोमबार) ०७:३४

थुप्रै कष्ट किलै सरी पयरमा यात्रा भरी आउला
साह्रै दु:ख हरेक मोडहरुमा बाटो भरी छाउला ।
थाक्ने हुन्छ कहीँ कतै सफरमा धेरै हिँडेमा पनि
यात्रा रोक्नु हुँदैन है ! बगरमा घाँटी सुकेमा पनि ।।

इच्छाशक्ति भए हरेक पलमा यात्रा हुने गर्दछ
गर्ने जोश भयो भने जगतमा माैका घुमी फिर्दछ
यात्रा आैसर हो लिनू सहजता जस्तै भएमा पनि
यात्रा रोक्नु हुँदैन है ! समरमा घाँटी छिनेमा पनि

कैले सागर पुग्छ ताल भन त्यो जम्दै बसेमा यहीँ
को नै पुग्छ जहाँ हिमाल चुचुरा कैल्यै नधाए कहिं
हिँड्नै पर्छ यहाँ सबै निडर भै बाधा परेमा पनि
यात्रा रोक्नु हुँदैन है ! लहडमा बाटो बिराए पनि

मठ्नै पर्छ दही जहाँ सहज भै त्यो घ्यू निकाल्ने भए
साँच्चै सुन्दर मूर्ति हुन्छ अहिल्यै दुङ्गा नि ताछ्ने भए
कैले झुक्नु हुँदैन हेर डरमा आँधी र हूरी भनि !
यात्रा रोक्नु हुँदैन है ! हरघडी साथी नपाए पनि

बाजी जित्दछ आज हेर कछुवा बिस्तार घिस्रे पनि
बाजी हार्दछ हेर त्यो समरमा अल्छी खरायो पनि
आशा दीर्घ लिएर हिँड्नु जहिले टाढा हिडेमा पनि
यात्रा रोक्नु हुँदैन है ! समयमा बाजी नमारे पनि

१८ कार्तिक , २०७४ मैकोट


(२०७४ पुष १०, सोमबार) ०७:३४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना