अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणको तयारी पुरा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ पुष ८, शनिबार) ०७:१४

पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरणको कार्यक्रम तयारी पुरा भएको छ ।

अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन ब्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा आगामी पुस १० देखि १५ गतेसम्म अन्नपूर्ण गाउँपालिका ११ स्थित छोम्रोङमा हुन गईरहेको दोस्रो चरणको कार्यक्रम तयारी पुरा भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङले बताएका छन् ।

पहिलो चरणको कार्यक्रम अन्नपूर्ण गाउँपालिका ११ स्थित अन्नपुर्ण बेस क्याम्पमा असोज २५ गते सम्पन्न भएको थियो । पहिलो चरणको कार्यक्रममा अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्गोजको शालिक शिलान्यास, विभिन्न जडिबुटी तथा परम्परागत होटलको नमूना एवं फोटोहरूको प्रदर्शनी लगायतका कार्यक्रम सम्पन्न भैसकेको महोत्सवका संयोजक गुरुङले जानकारी दिए ।

दोस्रो चरणको कार्यक्रममा अन्र्तगत तमु ल्होसारको उद्घाटन, स्थानीय कला शैली र परम्परागत संस्कृतिको विशेष झाँकी प्रदर्शनी, खुला महिला भलिबल प्रतियोगिता, खुला पुरुष भलिवल प्रतियोगिता, खुला बास्केटबल प्रतियोगिता, विशेषज्ञ डाक्टरहरुद्वारा वृहत् निःशुल्क स्वास्थ्य शिविर, घैंटो फुटाउने प्रतियोगिता, अन्नपूर्ण क्षेत्रको पर्यटन व्यवसायमा महत्वपूर्ण योगदान पु¥याएका अग्रज व्यवसायीहरूलाई सम्मान, पर्यटन सम्बन्धी डकुमेन्ट्री प्रदर्शन, सिर्जनशिल कलाकार समुह पोखराको सहभागितामा कला कार्यशाला र बनाईएका चित्रहरुको प्रर्दशनी लगायतका कार्यक्रम सञ्चालन गरिने महोत्सवका प्रचारप्रसार उपसमितिका संयोजक टंकराज अधिकारीले बताए ।

समग्र खेलको माध्यमद्धारा अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र विकास गर्ने उद्देश्यले आयोजीत खुला पुरुष भलिवल प्रतियोगिताकोे विजेता टीमले १ लाख, उपविजेता टीमले ६० हजार रुपैया नगदको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै गरि खुला महिला भलीवल तर्फ विजेता टीमले ४० हजार र उपविजेता टीमले २५ हजार रुपैया नगदको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् भने खुला पुरुष बास्केटवल प्रतियोगितामा विजेता टीमले ५० हजार र उपविजेता टीमले ३० हजार रुपैया नगद सहिता मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव मुल आयोजक समितिका महासचिव दीलिप गुरुङले जानकारी दिए ।


(२०७४ पुष ८, शनिबार) ०७:१४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारतीय बालक अपहरण गरी फिरौती बुझ्ने फोरमका नेता पक्राउ

भारतीय बालकलाई अपहरण गरी नेपाल ल्याएर फिर्रौती लिन जाने संघिय समाजवादी फोरमका नेतालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापाको हिरासतमा रहेका अभियुक्त झापा गौरिगञ्जका ४७ वर्षीय बद्री यादव.....

नेकपाको सेती महाकाली ब्युरोकाे संयुक्त बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको सेती महाकाली ब्युरोकाे संयुक्त बैठक यहि मंसिर २६ गते पार्टीका पाेलिट ब्युरो सदस्य कमरेड अाेम प्रकाश पुनको उपस्थितिमा सम्पन्न भएको छ । बैठकले मंसिर अाठकाे.....

दुई-तिहाइको कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था : कारण यस्तो छ

दुई-तिहाई बहुमत पाएको नेपालको वर्तमान कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था आएको छ । सन् १९५० मा नेपाल-भारत बीच भएको असमान सन्धि खारेज गर्ने कि नगर्ने भन्ने.....

Exchange Rate

Nepali Patro