मेराे कलम खाेस्ने र भाँच्ने कुचेष्टा नगर

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ मंसिर २०, बुधबार) ०७:०७

तिमी मेराे पछि कति लाग्छाै, लाग ।
म अविरल मेराे गन्तव्यमा लम्किरहनेछु ।
तिमी मेराविरूद्ध जति षड्यन्त्र गर्छाै, गरिराख ।
भण्डाफाेर गर्दै चिरेर अघि बढ्नेछु ।

 

तिमी जतिसुकै विवाद गर्छाै, गरिराख ।
म प्रतिवाद गरिरहनेछु ।
तिमी मविरूद्ध जति प्रतिशाेध साँध्ने हाे, साँध ।
म निरन्तर प्रतिराेध गरिरहनेछु ।

 

मेराे प्रगतिमा तिमीलाई जलन भयाे भने भन ।
तिमीले भनेजति अमृतजल दिलाउनेछु ।
मेराे अविचलित मनमा भुईँचालाे ल्याउन खाेजेका हाेअाै भने राेक ।
मलाई शान्तसँग जनताकाे सुदलु:ख साट्ने कलम चलाउन देऊ ।

 

म एक शान्तिप्रिय कलमजीवि हुँ,
मलाई कलम चलाएर बाँच्न देऊ ।
मेराे कलम खाेस्ने र भाँच्ने कुचेष्टा नगर ।
कलमभन्दा तरवार बलियाे हुन्छ भन्ने साेँच्न वाध्य नबनाऊ ।


(२०७४ मंसिर २०, बुधबार) ०७:०७ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना