एप स्टोरमा आतंक मच्चायो नक्कली ह्वाट्सएपले

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ कार्तिक २५, शनिबार) ०९:००

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपको नक्कली भर्सन १० लाख भन्दा धेरैले डाउनलोड गरेका छन।

गुगल प्ले स्टोरमा देखा परेको नक्कली ह्वाट्सएप त्यहाँबट हटाइनुअघि १० लाख भन्दा धेरै एन्ड्रोइड प्रयोगकर्ताले डाउनलोड गरिसकेका हुन् ।

Update WhatsApp Messenger  नामक उक्त नक्कली ह्वाट्सएपमा विभिन्न विज्ञापन हुनुका साथै त्यसले प्रयोगकर्ताको डिभाइसमा इन्स्टल भैसकेपछि अन्य विभिन्न सफ्टवेयर समेत डाउनलोड गर्न सक्दछ ।

नक्कली ह्वाट्सएपका बारेमा समाचार भाइरल बनेसँगै प्ले स्टोरले त्यो एप हटाएको छ ।

यो नक्कली एपका निर्माताले यसलाई ठ्याक्कै सक्कली जस्तै गरी प्रस्तुत गरेका थिए र एप डेभलपरको नाममा पनि WhatsApp Incउल्लेख थियो । तर उक्त नाममा रहेको स्पेसको ठाउँमा निकै चलाखीपूर्ण ढंगले स्पेस जस्तै हुने युनिकोड क्यारेक्टरको प्रयोग गरिएको थियो ।

यसो गर्दा सामान्य रुपमा हेर्दा फरक छुट्टाउन सकिँदैनथ्यो । सोसल साइट रेडिटका एकजना प्रयोगकर्ताले सबै भन्दा पहिले नक्कली ह्वाट्सएप प्ले स्टोरमा रहेको खुलासा गरेका थिए ।

बीबीसी


(२०७४ कार्तिक २५, शनिबार) ०९:०० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

थुनुवाको मृत्यु भएपछि स्थानीय बासिन्दाद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

रौतहटमा गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय.....

लोकप्रिय देशभक्त, क्रान्तिकारी स्रष्टा रसुवाली कवि फेरि गिरफ्तार

लोकप्रिय, देशभक्त, क्रान्तिकारी स्रष्टा,  युवा जनकवि ठाकुरप्रसाद तिम्सिना "रसुवाली कवि"लाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ । उनीसंगै पक्राउ परेका नयाँ पत्रिका दैनिकका पत्रकार एबम कबि.....

नेपालमा गणतन्त्र उल्टाउने प्रयास भैरहेको प्रधानमन्त्रीका सल्लाहकारको खुलासा

प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई 'सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग' गर्न 'बाहिरका र भित्रका शक्ति सक्रिय' रहेको.....

Exchange Rate

Nepali Patro