मेरो विवाह भावीले लेखेकै रैनछ : दिपाश्री निरौला

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ कार्तिक २, बिहीबार) ०६:५९

हाँस्यकलाकार दिपाश्री निरौलाले आफ्नो विवाह अब नहुने नै घोषणा गरेकीछिन् । उनले भनेकीछिन्,‘ज्योतिषले भविष्य निर्माणमा लाग्नु भन्नुभएको छ, हुन त विवाह गरेर पन आफ्नो करियर बनाउन सकिन्थ्यो होला तर जुरेको छैन । कसरी विहे गर्नु ? विहे भन्ने कुरा कहिले होला कसरी होला ? त्यो फरक कुरा हो । म प्रकृतिको विरोधी होईन। तर भावीले मेरो विवाह लेखेकै छैन।’ नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले निरौलासँग गरेको कुराकानीको सम्पादित अंश :

छक्का पन्जा–२ को सबैभन्दा राम्रो पक्ष के हो बताउनुुस् त, जनता जान्न चाहन्छन् ?

यसको स्टोरी नै हो । सवल पक्ष कथामा हुन्छ ।

अनि कलाकारको भूमिका कस्तो छ नि ?

राम्रो छ। सबैले मन पराएको कलाकार हुनुहुन्छ । बैदेशिक रोजगारी नै यस चलचित्रको मुख्य थिम हो । बैदेशिक रोजगारमा जाँदाका अनेक पीडाहरुलाई हामीले दृश्यमार्फत देखाउने प्रयास गरेका छौँ।

यो चलचित्रमा तपाई आँफैले गीत गाउनुभएको छ ?

गीत गाउन त गाएकी छैन। समावेस गीत गाउन सक्छु । निधारमा रातो टिका कानमा जमरा, भन्ने बोलको गीत मज्जाले गाउन सक्छु ।

चाडवाडको बेला घरपरिवारको जमघट हुन्छ र तपाईको चलचित्र पारिवारिक छ कि छैन ?

छ । हाम्रो चाहना पनि यही हो ।

कत्तिको हेर्लान दशैंको बेलामा चलचित्र ?

धेरै माया गर्नुहुन्छ। यो वर्षपनि हामीले फूलपातिको दिन प्रर्दशनको मिति लिएका छौँ । राम्रै हुन्छ।

व्यापार राम्रै होस भन्ने चाहना छ ?

व्यापार त त्यस्तै हो । ऋषिदाई पैसा भन्दापनि दर्शकको माया चाहिन्छ ।

पैसा पनि त चाहिन्छ नि होईन र ?

पैसा पनि चाहिन्छ । तर विषय बस्तु टुलो कुरा हो । पैसा भन्दा हाम्रो साम्रागी बढि हुनुपर्यो ।

नेपाली चलचित्र हेर्न काम बढेको हो ?हो । पक्कै पनि पछिल्लो समयमा नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढ्दै छ। पहिले हलमा गएर नेपाली चलचित्र हेर्ने काम हुँदैन थियो । आजभोलि सबै चलचित्रहरुलाई हेरि दिनु भएको छ । यो नै हाम्रो सफलता हो । हलिउड र बलिउड नहेरेर नेपाली चलचित्र हेर्नेको संख्या बढेको छ। हिन्दि चलचित्रलाई रोक लगाउनु पर्छ भन्नेमा म छैन । दर्शकलाई तुलना गर्नको लागि छोडि दिनुपर्छ । राम्रो चलचित्र निमार्ण गर्ने हो भने दर्शकले नेपाली चलचित्र नै हेर्नेमा दुईमत छैन् ।

दिपकराज गिरी र दिपाश्री निरौलाको जोडि कहिलेसम्म रहन्छ ?

सदा रहिरहन्छ । दर्शकको माया रहेसम्म रहनेछ । हाम्रो क्रियशनलाई रुचाएसम्म रहनेछ। हामीले काम गरेको मन पराउनुभएको स्थितिमा अविरल बग्दछ ।

उसो भए तपाईहरुबीच कहिल्यै विवाद हुँदैन ?

हामी बीचमा कुनै त्यस्तो विवाद हुँदैन । चलचित्रको काम गर्दा हाँसेरै गछौँ । कुनै मतमतान्तर छैन ।

तपाईको विवाह गर्ने उमेर भयो नि ?

तपाई केटा खोजिदिनुस् न । म ज्योतिष र भाग्यको भरपर्ने मान्छे हो ।

ज्योतिषले के भन्नु भएको छ नि ?

ज्योतिषले भविष्य निर्माणमा लाग्नु भन्नुभएको छ ।

विवाह गरेर पनि यो काम गर्न सक्नु होला नि ?

सकिन्थ्यो होला तर जुरेको छैन । कसरी विहे गर्नु ? विहे भन्ने कुरा कहिले होला कसरी होला ? त्यो फरक कुरा हो । म प्रकृतिको विरोधी होईन।

कहिले आउँछ त त्यो दिन ?
आउला नि । एउटा नारीको विवाह हुनुपर्छ भन्ने सबैको चाहना हुन्छ । मेरो पनि चाहना छ ।

तपाईलाई सबै भन्दा मन पर्नेमान्छे दिपकराज गिरी नै हो नि ?

हाहाहा..उहाँसँग त अहिले यति काम गरिरहेको छु । मन नपर्ने कुरा हुन्छ र ? उहाँलाई मैले मन नपराए कसले मन पराउछ र ? बाँचुञ्जेलसम्म उहाँसँगको सम्बन्ध टु्ट्दैन् ।


(२०७४ कार्तिक २, बिहीबार) ०६:५९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारतीय फिल्म अवार्डका लागि अरबौं खर्च गर्न तयार सरकारको राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा कमजोर ब्यबस्थापन : नेपाली कलाकार अपमानित

अरबौं रुपियाँ खर्च गरेर नेपालमा भारतीय फिल्म अवार्ड कार्यक्रम गर्न तम्सिएको नेपाल सरकारको कम्जोर ब्यबस्थापनको कारण राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा नेपाली कलाकार.....

राजबन्दी क. सुदर्शनलाई युवा संगठन नेपालका महासचिव सागर पुनको भावुक र मार्मिक पत्र

आदरणीय दाई सुदर्शन ! रत्तिम अभिवादन !! प्रथमतः जनयुद्ध, जन-आन्दोलन, जनक्रान्तिमा हजुरको त्याग, तपस्या, दुःख, पीड़ा, जेलका यातना, लगानी, बलिदानीप्रति उच्चसम्मान ब्यक्त गर्न चाहन्छु । भौगोलिक,.....

पत्रकारका नाममा ब्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको जाँड पार्टी : रक्सीमा झुमे, नाचे र रमाए जनप्रतिनिधि अनि कर्मचारी (हेर्नुस भिडियो)

देश बाढी र पहिरोले आक्रान्त बनेको छ । यही बेला देशमा असारे बिकास चलिरहेको छ ।  तर तनहुँ जिल्लाको ब्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु ३१ औं नगरसभाको निर्णय सार्वजनिक गर्ने नाममा.....

Exchange Rate

Nepali Patro