यस्तो छ भारतीय राष्ट्रपति चढ्ने मर्सिडिज कार

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ श्रावण २१, शनिबार) १२:०९

एजेन्सी ।भारतका १४औं राष्ट्रपतिमा रामनाथले २५ जुलाईमा सपथ लिंदैछन । सपथपछि उनलाई सुविधायुक्त ३ सय ४० कोठाको भवन मिल्नेछ । यसको साथै राष्ट्रपतिले अत्याधुनिक मर्सिडिज बेञ्च एस-६०० पुलम्यान लिमोजिन कार पनि पाउनेछन । यो अत्याधुनिक कारमा हतियार देखि क्यामरासम्म जडान गरिएको छ ।

टायरमा हावा नुँदा पनि यो कार ८० किलोमिटर प्रति घण्टाको दरले दौडिन्छ । यसलाई अफिसियल मर्सिडिज बेञ्चमध्ये सबैभन्दा सुरक्षित मानिन्छ ।

यो कार खतराको स्थितिमा ६.७ सेकेण्डमा १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्छ ।
यो कारको मुल्य करीब ११ करोड ६० लाख भारु पर्ने बताइएको छ ।

यो कारमा गोलीले कुनै असर गर्दैन र ग्रेनेट प्रहार भए पनि केही नहुने बताइएको छ । साथै कारको सिसा पनि बुलेटप्रुफ रहेको छ । एक बटन प्रेस गर्दा सिसालाई अपारदर्शी पनि बनाउन सकिन्छ ।

यसको अलाबा यो कारमाा जिपिएस सिस्टम पनि जडान गरिएको छ ।


(२०७४ श्रावण २१, शनिबार) १२:०९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro