इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ श्रावण १८, बुधबार) ०९:०२

इलाम । गत आर्थिक वर्ष २०७३-७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । इलाम भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ ।

मनोरम चिया बगान, हरियाली, शीतलतासँगै सुन्दरताले भरिपूर्ण कन्याममा पर्यटकको चाप बढेको कन्यामका स्थानीय बासिन्दा काजीमान कागते बताउछन् । सूचना केन्द्र जोरकलशका गगन घिमिरेका अनुसार २९ हजार ८२९ महिला र ३६ हजार ४७० पुरुष गरी कुल ६६ हजार २९९ जनाले इलामको भ्रमण गरेका थिए ।

पर्यटकले पाथीभरा, पशुपतिनगर, इलाम सदरमुकाम, फिक्कल, श्रीअन्तु करफोक र माईपोखरीको भ्रमण गरेका थिए । इलाम हुँदै पर्यटक फिदिम ताप्लेजुङ र तेह्रथुमसम्म पुग्ने गरेका छन् । सत्र हजार १९२ जनाले पशुपतिनगरको, इलाम सदरमुकामको १७ हजार ५५६ जनाले, फिक्कलको चार हजार ३३२ जनाले तथा ७४४ जनाले अन्तु क्षेत्रको भ्रमण गरेका थिए । गत आवमा १५४ विदेशी पर्यटकले इलाम भ्रमण गरेका थिए । रासस


(२०७४ श्रावण १८, बुधबार) ०९:०२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ने.क.पा.का नेता तथा कार्यकर्ता किसानको खेतबारीमा जनश्रमदानमा ब्यस्त

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु यतिबेला  कालिकोटका विभिन्न गाँउबस्तीमा किसानको खेतबारीमा जनश्रमदान गर्नमा व्यस्त देखिन थालेका छन् । प्रायजसो खुला.....

बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित.....

मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ । काभ्रे जिल्लाको.....

Exchange Rate

Nepali Patro