‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हुम बहादुर तमु सम्मानित(भिडियो सहित)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ असार २९, बिहीबार) १२:३८

आश तमु, पोखरा । यस वर्षको ‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार विगत १६ वर्षदेखि पोखरामा आदिवासी जनजातिको पक्षमा आवाज उठाउदै आएका हुम बहादुर गुरुङलाई आज एक कार्यक्रम बीच प्रदान गरिएको छ। समाजसेवी तथा तमु धीं नेपालका अध्यक्ष कर्मा गुरुङद्धारा स्थापित फोनिज कास्की द्धारा प्रदान गरिने ‘कर्म कर्ण‘ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७४ बाट  कास्की आवाज राष्ट्रीय दैनिकका प्रधान सम्पादक हुम बहादुर गुरुङलाई प्रदान गरिएको हो।

फोनिज कास्कीद्धारा गठित पुरस्कार छनौट समितीका संयोजक सरस्वती गुरुङ, फोनिजका सल्लाहकार राजबहादुर गुरुङ र फोनिज अध्यक्ष एमबी आस्था मगरको आइतबार सम्पन्न बैठकले लामो समयदेखि पोखरामा जनजातिको पक्षमा आवाज उठाउदै आएका पत्रकार हुम बहादुर गुरुङलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको थियो। उक्त पुरस्कार हरेक बर्ष असार २९ गते कर्म गुरुङ्गको वैवाहिक वर्षगाठँको अवसर पारी प्रदान गरिने गर्दछ। गुरुङलाई नगद १५ हजार, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ।

यस भन्दा अघी रिता गुरुङ, हर्क आले मगर,तिलक पुर्जा पुन,शन्ति तमु,मान बहादुर घर्ती(एम बी आस्था) सम्मानित भईसकेका छ्न।


(२०७४ असार २९, बिहीबार) १२:३८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro