बालिका वलात्कार गरेको भन्दै महिलाहरुले एक व्यक्तिलाई बाँधेर कुटी कुटी मारे(भिडियो सार्वजनिक)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ असार २१, बुधबार) ०२:४५

भारत/ बालिका बलात्कार गरेको आरोपमा भारत दुम्का जिल्ला जाल्वे गाउ मा केही महिलाहरुले एक व्यक्तिलाई बाँधेर कुटेको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा तीन महिलाहरुले एक पुरुषलाई घेरिरहेको देखिन्छ । पुरुषको दुवै हात पछाडि लगेर बाँधिन्छ र उसलाई एउटा लामो डोरीले जमिनमा घिसार्दै छडीले हिर्काइन्छ । महिलाहरुले आलोपालो गरी आरोपीमाथि लौरो वर्षाइ रहँदा थुप्रै अन्य महिला तथा केटाकेटीहरुले हेरिरहेका हुन्छन् ।

महिलाहरुले आक्रमण गरिरहँदा पुरुषले कुनै प्रतिकारको प्रयास गरेका छैनन् । भिडियो फुटेजको अन्त्यमा एक पुलिस अफिसर भिडसँग कुरा गरिरहेका देखिन्छन् भने आरोपी जमिनमा लडिरहेकै छन् ।

कथित बलात्कारका विषयमा थप विवरण प्राप्त भएको छैन ।

यौनजन्य हिंसा भारतमा एउटा राष्ट्रिय मुद्दाका रुपमा रहेको छ । प्रत्येक वर्ष यहाँ दशौं हजार बलात्कारका घटनाहरु हुने गरेको बताइन्छ । सन् २०१५ मा मात्रै देशभरमा ३४ हजार बलत्कारका घटना भएका थिए ।


{दुमका जिला के रामगढ़ थाना क्षेत्र के जालवे गांव में 29 जून को 8 साल की बच्ची का शव बरामद हुआ था. बच्ची तीन दिनों से लापता थी. ग्रामीण शक के आधार पर गांव के मिथुन हांसदा को अपने कब्जे में ले लिया. जब तक पुलिस घटना स्थल पर पहुंचती तब तक भीड़ ने आरोपी युवक को भी पीट पीट कर मार डाला. न्यूज 18 पर भी यह खबर आयी थी. पर घटना का वीडियो सोमवार को वायरल हुआ है जिसमें महिलाएं आरोपी को पिटते नजर आ रही हैं.}


 


(२०७४ असार २१, बुधबार) ०२:४५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro