आइफोन ८ का ६ रोचक विशेषता

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७४ असार ६, मंगलवार) १०:२२

एप्पल कम्पनीको दशौँ वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गर्न लागिएको आइफोन ८ का बारेमा अनेक अनुमान लगाइएको छ तर आइफोन ८ मा राखिन लागिएका वास्तविक फिचर्सहरु भने हालै सार्वजनिक भएको छ ।

यिनै विशेषताहरुका बारेमा आज तपाईलाई जानकारी दिँदैछौँ ।

१. भर्चुअल रियालिटी
आउँदो एप्पल ८ मा भर्चुअल रियालिटी एप पहिल्यै इन्स्टल गरिने हुनाले यसले अहिले सम्मको आइफोनहरु भन्दा फरक अनुभव गराउने पक्का छ । हालैमा भएको कन्फरेन्समा अपरेटिङ सिस्टम ११ भएको यो आइफोन आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्न लागिएको बताइएको छ ।

२. डुअल रियर क्यामेरा
एप्पलले यसअघि लन्च गरेको आइफोन ७ मा नै हामीले डुअल क्यामेराको झलक पाइसकेका थियौँ । त्यसैले अब आउँदो एप्पल ८ मा पनि डुअल क्यामेरा हुने पक्कापक्की छ ।

३. एप्पललाई सर्पोट गर्ने होमपड
अम्याजोनले हालै लन्च गरेको एप्पल होमपड पिलको आकार भएको स्पिकर हो । यसले आइफोन ८ लाई पनि सर्पोट गर्नेछ ।

४. वायरलेस चार्जिङ
आइफोन ८ मा वायरलेस चार्जिङको सुविधा हुने पक्का छ । ताइवान आधारित प्रमुख कार्यकारी अधिकृत रोबर्ट ह्वाङले बताए अनुसार आइफोनको नयाँ मोडलमा वायरलेस चार्जिङ र वाटरप्रुफ फिचरहरु परिक्षणको क्रममा छन् ।

५. पानीबाट जोगाउने ग्लास कभर
वायरलेस चार्जिङ फिचरका साथै वाटर रेसिस्टेन्ट ग्लास पनि आइफोन ८ मा देख्न पाइनेछ । मोबाइलको कनेक्सनलाई पानीमा समेत बचाइराख्न आइफोन ८ को पछाडि ग्लास कभर राखिन लागेको हो ।

६. सिरीको प्रयोग
आइफोन ८ मा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सिरीको प्रयोग गरिनेछ । यस अन्तर्गत हामीले कुनैपनि भाषा अनुवाद गर्न सक्नेछौं । सन् २०१७ मा भएको कन्फरेन्समा उक्त जानकारी दिइएको थियो ।

यसका साथै यसमा अन्य कमान्डहरु पनि बुझ्ने क्षमता भएको हुँदा प्रयोगकर्ताका लागि धेरै सहज हुने बताइएको छ ।

– See more at: http://karnalikhabar.com/news/55539.html#sthash.HIs69PED.dpuf


(२०७४ असार ६, मंगलवार) १०:२२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro