चिनियाँ वैज्ञानिकहरुले अब चन्द्रमामा आलु फलाउने

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ असार ३, शनिबार) ०७:०७

चिनियाँ वैज्ञानिकहरुले अब चन्द्रमामा आलु फलाउने भएका छन् ।

आगामि वर्ष सन् २०१८ मा चन्द्रमामा जान तयारी गरीरहेको ‘लुनर मिशन’ अन्तर्गत ‘चेन्ज्स्–४’ नाम दिइएको वैज्ञानिकहरुको टोलिले चन्द्रमामा पुगेर सर्वप्रथम आलु फलाउने कोशिस गर्ने बीबीसीले उल्लेख गरेको छ ।

चाइना रेडियो इन्टरनेशनलका अनुसार चिनियाँ वैज्ञानिकहरुले निर्माण गरेको एउटा सानो इकोसिस्टमसहितको भाँडोमा आलु रोपिने छ ।

चोंगक्वीन विश्वबिद्यालयका प्रा.सि जेंगसिन्का अनुसार वैज्ञानिकहरुले रेशमकिराको लार्भा राखिएको उक्त भाँडोलाई प्राकृतिक स्याटेलाइटको सहायताले पृथ्वीको सतहमा जसरी आलु फलाउने कोशिस गर्नेछन् ।

सिआरआईका अनुसार वैज्ञानिकहरुले चन्द्रमामा उक्त रेशम किराको सहायताले आलु फलाउन सफल भएमा भविष्यमा चन्द्रमामा मानवबस्ती निर्माणको लागि नयाँ मार्ग हुनेछ ।

चिनियाँ वैज्ञानिकहरुले यस कार्यक्रमलाई एकदमै महत्वाकांक्षी कदम बताएपनि यसवारे सबै सुचना बाहिर ल्याउन नचाहेको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।


(२०७४ असार ३, शनिबार) ०७:०७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वार्ता शुरू भएको भन्ने कुरा सरकारले चलाएको हल्ला मात्र हो : अनिल शर्मा “बिरही”

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबीच केही दिनयता वार्ता प्रयास भइरहेको खबर सञ्चारमाध्यमहरूमा आइरहेका छन्।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले विप्लवको पार्टीसँग विभिन्न.....

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग.....

ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट.....

Exchange Rate

Nepali Patro