गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ चैत्र १६, बुधबार) ०१:३९

सर्वोच्च अदालतले बाबु विदेशी भए पनि वंशजका आधारमा आमाले नेपाली नागरिकता लिएको भए उनीहरूबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिन सकिने फैसला गरेको छ । सर्वोच्चको फैसलाअनुसार विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएको सन्तानले अंगीकृत नागरिकता पाउने बाटो सहज बनेको छ । तर अंगीकृत लिने सन्तान नेपालमै जन्मेर नेपालमै स्थायी बसोबास गरेको हुनुपर्नेछ ।

बाबुको नागरिकताका आधारमा कुनै सन्तानले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने मात्र त्यस्ता सन्तानलाई अंगीकृत नागरिकता प्रदान गर्न सकिने गरी खुकुलो व्याख्या सर्वोच्चले गरेको छ । आजकोअन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

विदेशी बाबुबाट नेपालमै जन्म लिए पनि गाविस र जिल्ला प्रशासनले अंगीकृत नागरिकता दिन इन्कार गरेको भन्दै सर्वोच्चमा दायर एक रिटमा न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।

इजलासले नेपाली आमा र भारतीय बाबुबाट जन्मेका ती सन्तानलाई अंगीकृत नागरिकता दिलाउन गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र जोरपाटी गाविस कार्यालयलाई परमादेशसमेत जारी गरेको छ । आफू नेपालमा जन्मेर नागरिकता लिन योग्य भए पनि अंगीकृत नागरिकता नदिएर गाविस र जिल्ला प्रशासनले एक दशकदेखि झुलाएको भन्दै भारतीय बाबु गोपेशचन्द्र गुप्ता र नेपाली आमा सरिता प्रधानका छोरा आदित्यले २०६४ सालमा जोरपाटी गाविसमा निवेदन दिँदा सिफारिस नदिएको दाबीसहित सर्वोच्चमा पुगेका थिए ।


(२०७३ चैत्र १६, बुधबार) ०१:३९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना