हतियार र बन्दोबस्तीका सामानको उत्पादन बढाउन सुझाव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ २१, शुक्रबार) ०१:३५

काठमाडौं, २१ माघ ।

नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन् ।

यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सेनालाई व्यवसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरूयोजना सिफारिस गर्दै उनीहरुले तत्काल सैनिक संख्या भने नबढाउन भनेका छन् ।

नेपाली सेनाको पुनः ढाँचा तथा सुदृढिकरण गर्न रक्षा मन्त्रालयद्वारा पूर्व कामु रक्षासचिव देवेन्द्र सिटौला संयोजकत्वमा गठित सिफारिस समितिले बिहीबार रक्षामन्त्री बालकृष्ण खाँड समक्ष सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

सैन्य सामाग्री आयात कम गर्दै उत्पादन बृद्धि गर्न समितिको सिफारिस छ। नेपाली सेनाले रक्षा मन्त्रालयको अनुमतिमा आवश्यक हातहतियार, गोलीगट्ठा तथा अन्य सैन्य सामाग्री भारतलगायत देशबाट खरिद गर्दै आएको छ ।


(२०७३ माघ २१, शुक्रबार) ०१:३५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना