धारोमा पानी भर्ने पालो कुर्दा कुर्दै छुट्छ स्कुल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ १६, आईतवार) ०३:२१

कालिकोट,१६ माघ ।

कालिकोट सदरमुकाम मान्मबाट २१ कोष टाढा रहेको धौलागोह गाविसमा खानेपानीको अभाव छ । गाविसमा खानेपानीको स्रोत छैन ।

भएका योजनाहरु पनि मर्मतसम्भार नहुँदा पूर्ण प्रयोगमा आएका छैनन् । यो वर्ष पानी कम पर्‍यो । किसानले बारीमा लगाएको अन्न बाली सप्रेन । गाउँका धेरै पुरुष कामको खोजीमा भारत गएका छन् । घरमा बालबच्चा र खेतबारीको काम महिलाको जिम्मामा छ ।

त्यसमाथि पानीको अभावले गर्दा महिलामा कामको बोझ थपिएको छ । खानेपानी अभावले गर्दा यहाँका महिला तथा बालबालिकामा कामको बोझ थपिएको छ ।

स्कुले बालबालिका बिहानै पानी थाप्न एक घण्टाको बाटो हिँडेर धारासम्म पुग्छन् । सजिलै पानी भर्न मिल्दैन, पालो कुर्नु पर्‍यो । पालो कुर्दा कुर्दा कहिले त स्कुल छुट्ने गरेको कक्षा चारमा अध्ययनरत धौलागोह–४ कि सरिता प्याकुरेलले बताइन् । पानीको समस्याले गर्दा आफूहरु निकै मर्कामा परेको स्थानीय महिलाले बताएका छन् ।


(२०७३ माघ १६, आईतवार) ०३:२१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना