दलित महिला कुट्नेलाई दुई लाख जरिवाना

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ १४, शुक्रबार) १२:२९

कालीकोट जिल्ला सदरमुकाम मान्मामा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले रु दुई लाख जरिवाना तिरेकी छिन्। कालीकोट जिल्ला थिर्पु-९ निवासी जानकी वमले आर्थिक लेनदेनका क्रममा सोही गाविस-३ निवासी मालछिना लोहारलाई कुटपिट गरेकी थिइन l गम्भीर घाइते लोहारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

कुटपिटका क्रममा मालछिना लोहारको ढाड र घाँटीमा गम्भीर चोट लागेको बताइएको छ। मालछिनाका पति करवीर लोहारले जिल्ला प्रशासन कार्यालयमा ज्यान मार्ने र छुवाछूतसम्बन्धी मुद्दा दायर गरेको १५ दिनपछि कार्यालयले उपचार खर्च तिराउने गरी मिलापत्र गराएको थियो।

प्रशासनले उपचार खर्च मात्र दिने नतोकेकामा दुबैपक्षका मध्यस्तकर्ताले रु दुई लाख उपचार खर्चस्वरुप पीडितलाई दिने सहमति भएको बताइएको छ। रासस


(२०७३ माघ १४, शुक्रबार) १२:२९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना