निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पेश, १७ गते पारित गर्ने

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ १४, शुक्रबार) ०९:२४

काठमाडौं,१४ माघ । 

व्यवस्थापिका संसदमा शुक्रबार निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पेश भएको छ ।

राज्य व्यवस्था समितिले विधेयकलाई बिहीबार अन्तिम रुप दिएपछि संसदमा शुक्रबार पेश गरिएको हो । विधेयकमा निर्वाचनसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको छ ।

संसद बैठक १७ गतेसम्म स्थगित भएकाले निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक १७ गते नै पारित गर्ने तयारी छ । राजनीतिक दल र स्थानीय तहको चुनावसम्बन्धी विधेयकका केही महत्वपूर्ण विषयमा भने दलहरुबीच सहमति जुट्न बाँकी रहेकाले ती विधेयक भने शुक्रबार पेश हुन सकेनन् ।

यी दुई विधेयक पनि १७ गते नै संसदमा पेश गर्ने तयारी छ ।


(२०७३ माघ १४, शुक्रबार) ०९:२४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना